Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • धर्ना बसेको ठाउँमा आरजेडीका सांसद लड्डु बोकेर पुगेपछि…

    धर्ना बसेको ठाउँमा आरजेडीका सांसद लड्डु बोकेर पुगेपछि…

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 501
    SHARES

    एजेन्सी । भारतको बिहार विधानसभामा भारतीय जनता पार्टी (बीजेपी) र राष्ट्रिय जनता दल (आरजेडी)का सांसदबिच कुटाकुट भएको छ ।

    मंगलबारको विधानसभा बैठकमा माइक तोडेपछि बीजेपी सांसद लखेन्द्र पासवान दुई दिनका लागि निलम्बनमा परेका थिए । निलम्बनलाई ‘लोकतन्त्रको हत्या’ भन्दै बीजेपी सांसद विधान सभा भवनमा विरोध प्रदर्शनमा थिए ।



    त्यही बेला आरजेडीका सांसद केशरी यादव लड्डु लिएर त्यहाँ पुगेका थिए । लड्डु बाँड्दै आरजेडीका सांसद आएको देखेपछि बीजेपीका सांसद आक्रामक बनेका थिए ।



    बीजेपीका सांसदले लड्डुको किस्ती नै फ्याँकिदिएका थिए । त्यसपछि त्यहाँ धक्कामुक्की र हात हालाहाल भएको थियो ।

    आफ्ना नेता लालुप्रसाद यादव, राबडीदेवी र उनकी छोरी मीसा भारतीलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दिल्लीको एउटा अदालतले जमानत दिएको खुसीयालीमा आरजेडी सांसदले लड्डु बाँडेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार