Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतको बिहारमा विषाक्त रक्सी पिउँदा ३९ जनाको मृत्यु

    भारतको बिहारमा विषाक्त रक्सी पिउँदा ३९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 765
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको बिहार राज्यमा विषालु रक्सी पिउँदा ३९ जनाको मृत्यु भएको छ भने ३० जना बिरामी परेका छन् ।

    राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिई स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको हो ।



    छपरा जिल्लाका डीएम राजेश मिणाका अनुसार रक्सी खाएकाहरूको आँखाको ज्योति गुमेको छ भने धेरैमा लगातार बान्ता हुने समस्या देखिएको छ ।



    महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्री(वितरणविरुद्ध अभियान चलाएपछि बिहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो।

    प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् । गैरकानुनी रूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार