Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विषाक्त रक्सी सेवनबाट भारतमा सात जनाको मृत्यु

    विषाक्त रक्सी सेवनबाट भारतमा सात जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 852
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा विषाक्त रक्सी सेवनका कारण सात जनाको मृत्यु भएको छ ।

    गुजरातको बाटोद जिल्लामा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा पनि सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



    समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै स्थानीय प्रहरीले बताए अनुसार बाटोद जिल्लाको रोजिद गाँउमा सात जनाको मृत्यु भएको हो भने अन्य दश जनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।



    गुजरातका प्रहरी महानिर्देशक आशीष भाटियाका अनुसार प्रहरीले तीन रक्सी तस्करलाई पक्राउ गरेको छ जो नकली एवं स्वदेशी रक्सी बेच्ने काममा सक्रिय थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार