Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बिहार निर्वाचनमा सत्तारुढ गठबन्धनकाे अग्रता, नीतीश कुमार नै मुख्यमन्त्री बन्ने पक्का

    बिहार निर्वाचनमा सत्तारुढ गठबन्धनकाे अग्रता, नीतीश कुमार नै मुख्यमन्त्री बन्ने पक्का

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 4.2K
    SHARES

    एजेन्सी । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरूको गठबन्धन अगाडि देखिएकाे छ ।

    वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नीतीश कुमारको पार्टी जनता दल युनाइटेड (जेडियू) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडिए)ले बहुमत प्राप्त गरेको हो ।



    सत्तारूढ गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कुल ११० सिट मात्रै हासिल गरेको छ । पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटसहित सबैभन्दा ठूलो पार्टी बनेको छ ।



    दोस्रोमा ७४ सिटसहित भाजपा छ भने मुख्यमन्त्री नीतीशकुमारको जेडियूले केबल ४३ सिट जितेको छ । निर्वाचनको नयाँ नतिजाअनुसार अहिलेका मुख्यमन्त्री नीतीशकुमार नै फेरि मुख्यमन्त्री बन्ने देखिएको छ । तर, भाजपाको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नीतीशकुमारलाई चुनौती र खतरा भने निकै छ ।

    नीतीशकुमारले आफू बिहारमा अन्तिमपटकका लागि मुख्यमन्त्री हुने यसअघि नै बताइसकेका छन् । तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नीतीशकुमार अब चौथोपटक मुख्यमन्त्री हुने भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार