Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पल शाहको थुनछेक सुनुवाइ स्थगित

    पल शाहको थुनछेक सुनुवाइ स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ ।

    निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।



    पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको थियो ।



    उक्त मुद्दामा शाहका म्यानेजर कृष्णप्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिइएको थियो । यी सबै मुद्दालाई लगाउमा राखेर बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो ।

    एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार