Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ओलीलाई मिनेन्द्र रिजालको सुझाव- यसपालिको हारलाई स्वीकार गर्नुस्, आउने चुनावको तयारी सजिलो हुन्छ

    ओलीलाई मिनेन्द्र रिजालको सुझाव- यसपालिको हारलाई स्वीकार गर्नुस्, आउने चुनावको तयारी सजिलो हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा प्राप्त परिणाम अनुसार हार स्वीकार गर्न सुझाव दिएका छन् ।

    शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले हार स्वीकार गरेर अर्को चुनावको तयारी गर्न सुझाव दिएका हुन् ।



    उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्त दुई घण्टा लाग्यो, त्यसमाथिको टिप्पणी गर्न प्रमुख प्रतिपक्षी दलको नेताले तीन घण्टा लगाउनुभयो ।’



    ‘सिट संख्यामा हारे पनि लोकप्रिय मत बढी छ भन्नुभयो । चुनावका बेला कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न नसक्ने भएर अरुसँग लाग्यो भन्नुभयो’ ओलीलाई रिजालले जवाफ दिए, ‘अघिल्लो चुनावमा हामीले त्यसै भनिदिएको भए हुन्थ्यो सय सिटमा पनि लड्न नसक्ने एमाले भनेर । माओवादीको बुई चढेर चुनाव लड्न आएको छ भनिदिएको भए हुन्थ्यो भनेनौं हामीले ।’‘यसपालिको हारलाई स्वीकार गर्नुस् अनि आउने चुनावको तयारी सजिलो हुन्छ । यति भन्नैपर्छ’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार