Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्थानीय जनप्रतिनिधिलाई आयोगले भन्यो – जिससको चुनाव नसकिएसम्म कार्य क्षेत्र नछाड्नू

    स्थानीय जनप्रतिनिधिलाई आयोगले भन्यो – जिससको चुनाव नसकिएसम्म कार्य क्षेत्र नछाड्नू

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ । जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म कार्य क्षेत्र नछाड्न आयोगले आग्रह गरेको हो ।

    आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समय अवधिभित्र सम्पन्न गरिसक्नुपर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिलाई आग्रह गरेको हो ।



    यथाशीघ्र जिल्ला समन्वय समितिको चुनाव सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगबाट निर्देशन गरिसकिएको आयोगका सहायक प्रवत्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।



    वैशाख ३० मा भएको पलिका चुनावको परिणामपछि अहिले देशभर गाउँ कार्यपालिका र नगर कार्यपालिकाको चुनाव भइरहेको छ । हरेक जिल्लामा रहने जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार