Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एक हजार दरका ३८ वटा नक्कली नेपाली नोटसहित ३ महिला पक्राउ

    एक हजार दरका ३८ वटा नक्कली नेपाली नोटसहित ३ महिला पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 741
    SHARES

    फाइल तस्विर

    धनगढी। प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१ बाट एक हजार दरका ३८ थान नक्कली नेपाली नोटसहित तीन जना महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही महानगरपालिका–२ सन्तोषी टोल डेरा गरी बस्ने धनगढी उपमहानगरपालिका–१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेका छन् ।



    प्रहरीले धनगढी उपमहानगरपालिका–१ मा चलेको हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी ३८ थान नक्कली नोट बरामद गरेको हो ।



    सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको थियो ।

    रानामाथि थप अनुसन्धान गर्दा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि चन्द्रामाथि अनुसन्धान गर्दा रितु चौधरी तानिएकी हुन् । प्रहरीले चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारेपछि तीनै जनालाई पक्राउ गरेको हो ।

    पक्राउ परेका तीनैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई शुक्रबार राति पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार