Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकी प्यासिफिक कमान्डका जर्नेल काठमाडौंमा

    अमेरिकी प्यासिफिक कमान्डका जर्नेल काठमाडौंमा

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन् ।

    उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् ।



    नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आएका हुन् ।



    नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार