Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

    बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 270
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ ।

    राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको बसको ठक्करबाट मृत्यु भएको हो।



    उनलाई ओर्लने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    ठक्कर दिने बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ बस्ने वर्ष ४१ क कृष्ण सापकोटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार