Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नवलपरासीमा स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

    नवलपरासीमा स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 312
    SHARES

    फाइल तस्विर

    नवलपरासी। नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-५ मा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर २१ बस्दै आएकी ६८ बर्षीया पार्वती पौडेलको मृत्यु भएको हो ।



    पौडेलको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।



    दुर्घटनामा परी स्कुटर चालक गैंडाकोट ५ बस्ने २० बर्षिया आशिका सापकोटा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार