Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शालीन मृत्यु प्रकरण

    फेला परेको नोट शालीनले नै लेखेको रिपोर्ट

    फेला परेको नोट शालीनले नै लेखेको रिपोर्ट

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    चितवन । चितवनको एकता शिशु निकेतन विद्यालयमा शालीन पोखरेलको मृत्यु प्रकरणमा फेला परेको सुसाइड नोट उनैले लेखेको पाइएको छ।

    मंगलबार आएको रिपोर्टअनुसार सुसाइड नोट शालीनले नै लेखेको पुष्टि भएको हो ।



    सुसाइड नोटको परीक्षण गर्नका लागिजिल्ला प्रहरी कार्यालय चितवनले नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी काठमाडौंमा पठाएको थियो।



    सुसाइड नोटसँगै प्रहरीले शालीनको नोट कापी र उत्तरपुस्तिका पनि पठाएको थियो। तीनै वटामा शालीनले नै लेखेको रिपोर्ट प्रहरीले प्राप्त गरेको हो।

    प्रयोगशालाले त्यसको रिपोर्टमा ‘कमन अर्थर’ अर्थात एकै लेखकले लेखेको भनेर रिपोर्ट पठाएको छ।

    यसअघि आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको पोष्टमर्टम रिपोर्टमा पनि शालीनको झुण्डिएर मृत्यु भएको उल्लेख थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार