Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु

    घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 447
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनमा एक जनाको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको छ।

    चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगरमा बस्दै आएका करण सुनारको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको हो ।



    तनहुँ सिद्धेश्वर नगरपालिकाका करण अंकलको घरमा बस्थे। मासु खाँदा सुनारको घाँटीमा हड्डी अड्किएको थियो।



    उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो। त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए।

    तर हिजो बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो।

    भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार