Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

    शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    चितवन । चितवनको एकता शिशु निकेतन विद्यालयमा बालिका मृत भेटिएको घटनामा पक्राउ परेका तीन जनाको ४ दिन म्याद थपिएको छ ।

    पोखरेल मृत फेला परेको घटनामा अनुसन्धान गर्न सोमबार जिल्ला अदालत चितवनले पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।



    प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई प्रहरीले फागुन १५ गते पक्राउ गरेको थियो।



    फागुन १२ गते बिहान होस्टेलको पंखामा शालीन मृत फेला परेका थिए। मृतकका आफन्तले हत्या र बलात्कारको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

    उनीहरूलाई सुरूमा अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शालीनको झुण्डिएर मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका थिए।

    यद्यपि आफन्तले हत्या दाबी गरेपछि पोष्टमर्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको थियो। पोष्टमर्टमको रिपोर्ट आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा पुगेको थियो। उक्त रिपोर्टमा पनि शालीनको मृत्यु झुण्डिएर भएको उल्लेख थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार