Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हवल्दार रानाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हवल्दार रानाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 5.1K
    SHARES

    चितवन । अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।

    चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो।



    रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेका थिए।



    मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेका थिए।

    प्रहरी सहायक हवल्दार रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खाल्डोमा खसेका रानालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको र त्यही उनको निधन भएको हो ।

    मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार पुन भने घाइते छन्। अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

    प्रहरी सहायक हवल्दार राना गत माघ ११ गतेदेखि बिदामा थिए। घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार