Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाँकेका किसान चैते धानप्रति आकर्षित

    बाँकेका किसान चैते धानप्रति आकर्षित

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 288
    SHARES

    फाइल तस्विर

    नेपालगञ्ज । बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन्। सिँचाइ सुविधा भएको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन्।

    कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले यो वर्ष अहिलेसम्म ९२ नयाँ किसानले चैते धानको खेती शुरु गरेको जानकारी दिए। उनले चैते धान खेतीका लागि किसानलाई निःशुल्क बिउ वितरण गरेको जानकारी दिए।



    बागवानी अधिकृत यादवले अहिले चैते धानको गाँज लाग्ने बेला शुरु भएको जानकारी दिँदै बर्खे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताए। कृषि ज्ञान केन्द्रका अनुसार केही किसानले आफ्नै लगानीमा र केहीले कृषि अनुसन्धान केन्द्र खजुराले दिएको बिउबाट गरी ४० हेक्टर भूभागमा चैते धानको खेती गरेका छन्।



    यो वर्ष जिल्लाको बैजनाथ गाउँपालिका-८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका-३ को सूर्य, लालपुर्जा, वनकट्टी, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका-२ को के गाउँमा चैते धान खेती भएको छ।

    गाउँपालिकामा स्थापना भएका कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरिएको छ। पहिलोपटक चैते धानको खेती गरेकी बैजनाथ गाउँपालिका-६ की किसान गीता खत्रीले चैते धानमा अलि बढी मिहिनेत गर्नुपर्ने र रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी प्रयोग हुने बताइन्।

    करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानको खेती गरेकी खत्रीले बीउको ब्याड राख्न नजानेर समस्या झेल्नुपरेको गुनासो गरिन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार