Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आमाले मोबाइलमा गेम खेल्न नदिएको भन्दै १६ वर्षीय छोराले गरे आत्महत्या

    आमाले मोबाइलमा गेम खेल्न नदिएको भन्दै १६ वर्षीय छोराले गरे आत्महत्या

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । भारतको मुम्बईमा आमाले मोबाइलमा गेम खेल्न नदिएको रिसमा छोराले आत्महत्या गरेका छन् ।

    १६ वर्षका ओम भरतले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा आफूलाई घरपरिवारले सधैँ पढ्न मात्र दबाब दिने गरेको लेखेका छन् ।



    सोही नोटमा उनले आत्महत्या गर्न गएको, अब कहिल्यै नआउने र खोज्ने प्रयास नगर्नु भनेर लेखेका छन् । बिहीबार साँझ नै ओम मोबाइलमा गेम खेलिरहेको बेला उनकी आमाले उनको हातबाट मोबाइल खोसेर नपढेको भन्दै गाली गरेको उनकी आमाले पछि दुःखी हुँदै सम्झिन् ।



    ती किशोरको शव मलाड र कांदिवली स्टेशनको बीचमा फेला परेको छ । साँझपख छोरो मर्ने मनसायले निस्किएको कुरा आमाले छाडेको सुसाइड नोट फेला पारेपछि मात्र थाहा पाइन् ।

    सुसाइड नोट पाएपछि लगतै परिवारले परिवारले प्रहरी चौकीमा खबर गरेका थिए । केही समयपछि प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक शव फेला परेको जानकारी पाए । प्रहरी अनुसन्धानमा यो शव ओमकै रहेको खुलेको छ । – एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार