Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • १७ ग्राम ब्राउन सुगर सहित पाँच जना पक्राउ

    १७ ग्राम ब्राउन सुगर सहित पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 885
    SHARES

    नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् । यस्तै २ जना १७ वर्ष उमेरका छन् ।



    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा गुडियामा लुकाएर ल्याउँदै गरिएको लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।



    उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर फेला परेको बाँके प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार