Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकाले अपहरण शैलीमा एसियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

    अमेरिकाले अपहरण शैलीमा एसियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 930
    SHARES

    एजेन्सी । चीनले अमेरिकामाथि अपहरणको शैलीमा एसिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागेको छ ।

    चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वाशिङ्टनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भड्काउन खाजेको आरोप लगाएका हुन् ।



    साङ्ग्रिला डायलगको एक दिनअघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा दिँदै खण्डन गरेका छन् ।



    रक्षामन्त्री अस्टिनले इन्डो–प्यासेफिक क्षेत्रका देशहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिएका थिए । जसलाई उनका चिनियाँ समकक्षीले चीनलाई एक्ल्याउने प्रयत्न भनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार