Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अष्ट्रेलिया विश्वकपमा छनोट

    अष्ट्रेलिया विश्वकपमा छनोट

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 774
    SHARES

    एजेन्सी । दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ ।

    कन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो।



    सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।



    पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडन डेथबाट निस्किएको थियो। जहाँ अष्ट्रेलियाका गोलरक्षक आन्द्रे रेडमायने नायक बने। उनले पेरूका एलेक्स भालेराको पेनाल्टी बचाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार