Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु, हत्या गरी झुण्डाइएको माइती पक्षको दावी

    तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु, हत्या गरी झुण्डाइएको माइती पक्षको दावी

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

    तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करिब १ बजे फेला परेकी छन् ।



    उनलाई राति २ बजे क्रिमसन अस्पताल मणग्राममा पुर्‍याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।



    मृतकका मामा अमृत गिरीले सुविना झुण्डिएको भनिए पनि माइती पक्ष र आफन्त कसैले नदेखेकाले शंकास्पद रहेको बताए ।

    मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।

    माइती पक्षले भने कुटपीट गरेर हत्या गरी झुण्डिएको बहाना बनाएको दावी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार