Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजना पक्राउ

    बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ओखलढुंगामा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चार जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको सिद्धिचरण नगरपालिका ३ स्थित कक्षा ८ मा अध्ययनरत बालिकामाथि बलात्कार गरेको आरोपमा नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुँयाल, स्थानीय ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल पक्राउ परेका हुन् ।



    उनीले बालिकामाथि फरक समय र स्थानमा पटक-पटक बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार उनीहरुविरुद्ध सोमबार जाहेरी परेपछि पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार