Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतीय सेना प्रमुख पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने

    भारतीय सेना प्रमुख पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने भएका छन् ।

    नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् । ।



    यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् । भारतीय सेनाबाट पाण्डे अगस्तमा आउने जानकारी प्राप्त भएको छ ।



    उनी आउने मिति र भ्रमणको कार्यतालिका तय गर्ने काम भइरहेको छ । यो भ्रमण पाण्डेलाई मानार्थ सेनापति पदबाट सम्मानित गर्नेमा केन्द्रित रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार