Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विरगञ्ज पुग्यो साल्ट ट्रेडिङको २५ सय मेट्रिकटन युरिया मल

    विरगञ्ज पुग्यो साल्ट ट्रेडिङको २५ सय मेट्रिकटन युरिया मल

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 897
    SHARES

    फाइल तस्विर

    विरगञ्ज । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको छ ।

    २५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको हो। बिहीबार मात्र विरगञ्ज आइपुगेको उक्त मल आजै जाँच पास भएर विभिन्न क्षेत्रीय तथा प्रादेशिक डिपोहरूमा वितरण भइसकेको साल्ट ट्रेडिङले जनाएको छ ।



    बाँकी २२ हजार मेट्रिक टन मल पनि कल्कत्ता आइपुगिसकेको र अबको साता दिनमा सो मल समेत नेपाल भित्रिसक्ने साल्ट ट्रेडिङ कर्पोरेसन जनाएको छ ।



    कुल आयातको ३० प्रतिशत मलको जिम्मा साल्ट ट्रेडिङले पाएको हो । बाँकी ७० प्रतिशत मल आयात भने यता कृषि सामाग्री कम्पनी लिमिटेडले गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार