Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारी गोदाममा युरिया, किसानले पाएनन्

    सरकारी गोदाममा युरिया, किसानले पाएनन्

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 384
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले भारतसँग जीटूजी प्रक्रियामार्फत खरीद गरेर ल्याएको युरिया मल सरकारी गोदाममा थन्किँदा किसानले गहुँ बालीमा ‘टप ड्रेसिङ’ गर्न पाएका छैनन् ।

    सरकारले ल्याएको तीन र्‍याक युरिया मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा आइपुगेको करीब एक साता भइसकेको छ । बाँकी मल आउने क्रममा छ । सरकारसँग मल मौज्दात भए पनि आफूहरूले नपाएको गुनासो किसानले गरिरहेका छन् ।



    जीटूजी प्रक्रियाबाट पहिलो खेपमा भारतले दिएको ३० हजार मेट्रिक टन युरियामध्ये सोमवारसम्म तीन र्‍याक वीरगञ्ज आइपुगेको छ । अरु जोगबनी आइपुगेको कृषि सामग्री कम्पनी लिमिटेडका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    उनका अनुसार कम्पनीमा व्यवस्थापन टिम नयाँ आएकाले भर्खरै आइपुगेको मलको विक्रीवितरण खोल्न केही समय लागेको हो । विक्रीवितरण खोल्न ढिलो हुँदा किसानले नपाएको उनले स्वीकार गरे ।

    सरकारले मल ल्याएर राखे पनि आफूहरूले गहुँबालीमा टप ड्रेसिङ गर्न नपाएको सप्तरीका अगुवा किसान भुवनेश्र यादवले गुनासो गरे ।

    ‘सरकारले धमाधम युरिया मल भित्र्याइरहेको खबर सुनेका छौं तर गहँु बालीमा हाल्न गाउँमा कोही पनि किसानले पाएका छैनन्,’ यादव भन्छन्, ‘यति बेला युरिया हाल्न नपाए उत्पादन राम्रो हुँदैन । किसान दिनहुँजसो सहकारीमा पुगेर फर्किन्छन् । सहकारीमा पनि मल छैन ।’ आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार