Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते

    ‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 852
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको छ । सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्न आउनेहरूको भीडभाड लाग्ने क्रम बढ्दो छ ।

    त्यसरी सरुवा माग्न आउनेमध्ये अधिकांश कर्मचारी घुस खान पाइने र अतिरिक्त कमाइ राम्रो हुने ठाउमा जानेगरी दौडधुप गर्ने गरेका छन् ।



    त्यस्ता कर्मचारी विभिन्न शक्तिकेन्द्र धाउने तथा बिचौलियाको समेत प्रयोग गर्न खप्पिस हुने गरेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीको अनुभव छ । जनस्तरमा समेत केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन् ।



    जहाँ घुस नदिई जनताका कुनै काम हुँदैन । प्रशासन, कृषि, वन, इन्जिनियरिङ र विभिन्न सेवा समूहका कर्मचारी घुस खान पाइने निकायमा जान हौसिने गरेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार