Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोटेश्वरमा भयानक दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

    कोटेश्वरमा भयानक दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौंको कोटेश्वरमा भएको दुर्घटना एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज साँझ ट्रक र माइक्रोबस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको थेलचोङ घर भएका ५२ वर्षीय देवकुमार सेन रहेको प्रहरीले जनाएको छ । यस्तै सहचालक २३ वर्षीय विमल कुमार सुनार घाइते भएका छन् ।



    उनको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मुत्यु भएको हो । प्रहरीका अनुसार प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बरको माइक्रो आपसमा ठोक्किएर दुर्घटना भएको हो ।



    ठोक्किएपछि भक्तपु्र–रत्नपार्क रुटमा गुड्ने माइक्रोबस क्षतिग्रस्त बनेको छ । दुर्घटनापछि माइक्रो चालक फरार रहेका छन् र घाइतेको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार