Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भाउजू बलात्कार गरेर जिउँदै जलाउने दार्चुलाका भोजराज पुर्पक्षका लागि जेल चलान

    भाउजू बलात्कार गरेर जिउँदै जलाउने दार्चुलाका भोजराज पुर्पक्षका लागि जेल चलान

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 1.5K
    SHARES

    दार्चुला । बलात्कारपछि भाउजूलाई जिउँदै जलाउने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत दार्चुलाले आदेश दिएको छ ।

    जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शैल्यशिखर नगरपालिका १ बारिलका भोजराज खडायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।



    दुई दिनअघि खडायतलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।



    यस्तै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने पनि अभियोजन पत्रमा उल्लेख छ । जबरजस्ती करणी र डाँका मुद्दामा पनि थप कैद सजाय तथा जरिवाना र क्षतिपूर्तिको माग गरिएको छ ।

    गत जेठ २५ गते बिहान २ बजेतिर भोजराज खडायतले जरुरी काम छ भन्दै अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको र त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाएको अभियोजन पत्रमा उल्लेख छ ।

    उनलाई प्रहरीले भाग्दै गरेको अवस्थामा घटनाको भोलिपल्ट बैतडीबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार