Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • वाणिज्य बैंकहरूले बढाए ४ खर्ब ५४ अर्ब कर्जा (सूचीसहित)

    वाणिज्य बैंकहरूले बढाए ४ खर्ब ५४ अर्ब कर्जा (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 921
    SHARES

    काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले थप ४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

    नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७८ असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २०७९ असार मसान्तसम्म ४१ खर्ब ७४ अर्ब पुगेको छ ।



    यहीं एक वर्षको अवधिमा निक्षेप भने जम्मा ३ खर्ब ४० अर्ब बढेको छ । २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब संकलन भएको छ ।



    निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी भएकाले यस आर्थिक वर्षको सुरुवातमा पनि बैंकहरुमा तरलताको समस्या कायमै छ ।

    बैंकलाई आफूमा विलय गराई संयूक्त कारोबार गरेकाले गत आर्थिक वर्षसम्म नबिलको कर्जा सबैभन्दा धेरै ३ खर्ब ९ अर्ब पुगेको छ ।

    आर्थिक वर्ष २०७७/७८ सम्म कर्जा प्रवाहमा एनआईसी एसिया सबैभन्दा अगाडि थियो । नबिलबाहेक कर्जा वृद्धिका आधारमा नेपाल बैंकले गत आर्थिक वर्षमा सबैभन्दा धेरै थप ३५ अर्बले कर्जा बढाएको छ । तीन बैंक स्टान्डर्ड चार्टड, सिभिल र सेन्चुरी बैंकको कर्जा प्रवाह १ खर्बमुनि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार