Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना पुष्टि

    गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 969
    SHARES

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ।

    मंगलबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो।



    मुख्यमन्त्री पोखरेल आइतबारदेखि नै अस्वस्थ थिए। रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो।



    सोमबार बिहानबाट हल्का ज्वरो आएपछि उनले चिकित्सकसँग परामर्श लिएका थिए।

    सोमबारदेखि नै चिकित्सकको निगरानीमा रहेका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। बुधबार उनको थप स्वास्थ्य परीक्षण गर्ने तयारी हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार