Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मनाङेसहित ३१ जना सांसदलाई लिएर मुख्यमन्त्रीको दावी गर्दै प्रदेश प्रमुख समक्ष पुगे कृष्णचन्द्र

    मनाङेसहित ३१ जना सांसदलाई लिएर मुख्यमन्त्रीको दावी गर्दै प्रदेश प्रमुख समक्ष पुगे कृष्णचन्द्र

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    कास्की। गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीको दाबी गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन् ।

    आज प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेता नेपाली बहुमत सांसद सहित पुगेका हुन् ।



    बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन् । गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका छन् ।



    नेपालीलाई कांग्रेस, नेकपा माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्राय: निश्चित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार