Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

    साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जास्पद हार खेपेको छ ।

    भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८-० गोलले पराजित भयो । भारतको जितमा पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।



    टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिव र सुभो पाउलले एक एक गोल गरे । भारतलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने सपना बुनेको नेपालको योजना सफल हुन सकेन ।



    लिग चरणको अन्तिम खेलमा नेपालले अब मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल जितेपनि नेपालको फाइनल यात्रा अरुको नतिजामा भर पर्नेछ ।

    हारसँगै नेपालको तीन खेलबाट ६ अंक छ । भारतले पनि ६ नै अंक बनाएको छ । शीर्षस्थानमा रहेको बंगलादेशको समान खेलबाट ९ अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार