Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु, ८७० परिवार प्रभावित

    मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु, ८७० परिवार प्रभावित

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 981
    SHARES

    काठमाडौं । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो ।

    सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।



    यो अवधिमा चार जना बेपत्ता तथा २ सय १५ घाइते भएको र ८ सय ७० परिवार प्रभावित भएका छन् । यस वर्ष मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आङ्कलन गरिएको छ ।



    दुई महिने अवधिमा १ सय ५७ घर पूर्ण रूपमा क्षति हुँदा २ सय ४७ घर आंशिक प्रभावित बन्न पुगेको छ । यो अवधिमा सबैभन्दा बढी ३८ घटना झापा र त्यसपछि २८ घटना सुनसरीमा भएको छ ।

    कैलाली, अछाम, म्याग्दीमा सबैभन्दा बढी मृत्यु भएको छ । ती जिल्लामा यो अवधिमा पाँच(पाँच जनाको ज्यान गइसकेको छ । त्यस्तै, कञ्चनपुर, तनहुँ, धादिङ र बागलुङमा चार-चार जनाको ज्यान गएको तथ्याङ्क छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार