Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चीनद्धारा ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार

    चीनद्धारा ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 903
    SHARES

    एजैन्सी । चीनले शुक्रबार पनि ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार गरेको छ । आज दोस्रो पटक प्रहार गरिएको क्षेप्यास्त्रले ताइवान टापु पार गरेको हो ।

    चीनको सैन्य सम्बद्ध राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्राध्यापक मेङ सियाङकिङले क्षेप्यास्त्र ताइवान टापु पार गरेको र यो पहिलो पटक भएको बताउनुभएको चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।



    सेनाले अभ्यासका क्रममा लडाकु र बम वर्षा गराउने यन्त्रसहित एक सयभन्दा बढी युद्धविमान तथा १० भन्दा बढी विनाशक र युद्ध पोतहरू लगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।



    चिनियाँ अभ्यासमा नौसेना, वायुसेना, रकेट फोर्स, रणनीतिक समर्थन बल र लजिस्टिक सपोर्ट फोर्सका सेनाहरू सहभागी छन् । चिनियाँ सेनाले मध्यरेखा पार गरेर अभ्यास गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार