Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकासँगका विभिन्न विषयमा जारी वार्ता स्थगित गर्ने चीनको घोषणा

    अमेरिकासँगका विभिन्न विषयमा जारी वार्ता स्थगित गर्ने चीनको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । चीनले अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने घोषणा गरेको छ ।

    चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता, अपराध, लागुऔषध तथा गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गरेको हो ।



    बेइजिङले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारलाई पनि प्रतिबन्ध लगाएको छ । तर, कस्ता प्रतिबन्ध लगाइएका हुन् स्पष्ट नपारिएको बीबीसीले जनाएको छ । पेलोसीले ताइवान भ्रमण गरेपछि विवाद बढेको हो ।



    जलवायु परिवर्तनसहितका मुख्य विषयमा बेइजिङले सहकार्य स्थगित गर्ने घोषणा गरेसँगै ताइवानलाई लिएर चीन र अमेरिकाबीचको विवाद थप गहिरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार