Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ललितपुर महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने

    ललितपुर महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् ।

    ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो ।



    उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडा दशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाले जनाएको छ ।



    महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी रु १० हजार दिने भएको महानगरले जनाएको छ ।

    ललितपुर महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार