Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाइने

    आज देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाइने

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 492
    SHARES

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।



    देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिइएको छ । आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।



    सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ। बालबालिकाहरूमा ज्येष्ठ नागरिकका बारेमा जानकारी गराउने उद्देश्यले अध्यापन गराइदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार