Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रतिनिधिसभाको बैठकअघि जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक

    प्रतिनिधिसभाको बैठकअघि जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बसेको छ ।

    बुधबार संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित समितिका सदस्यहरुको बैठक बसेको हो ।



    समिति कसरी अगाडि बढ्ने विषयमा छलफल भएको र आजको बैठकबाट समितिको सभापति तोक्ने एजेण्डा नरहेको सिफारिस समितिले जनाएको छ ।



    गत साउन २२ गते बसेको प्रतिनिधिसभाको बैठकले महाभियोग प्रस्ताव अनुमोदन गरेर छानविनका लागि सिफारिस समितिमा पठाएको थियो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर विरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार