Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अवरोध नभए फोहोर बोकेका थप गाडी आजदेखि बञ्चरेडाँडा पुग्छन् : मेयर बालेन

    अवरोध नभए फोहोर बोकेका थप गाडी आजदेखि बञ्चरेडाँडा पुग्छन् : मेयर बालेन

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 828
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन् ।

    शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर धादिङको बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल्ड साइटमा पुगेका थिए । अवरोध नभए आजदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने मेयर बालेनले जानकारी दिए ।



    कुनै अवरोध नभएमा आइतबारदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बन्चरेडाँडामा पुग्ने उनले बताए । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फोहोर विसर्जन कार्यमा अवरोध नगर्ने स्थानीय, व्यवस्थापनमा क्रियाशील कर्मचारी, चालकहरू र अवरोध खुलाउन सक्रिय सुरक्षाकर्मीलाई धन्यवाद पनि दिएका छन् ।



    उनले कुनै पनि हालतमा सिसडोलको दुरावस्था बन्चरेडाँडामा दोहोरिन नदिने प्रतिबद्धता समेत जनाएका छन् । ‘सँगसँगै हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बन्चरेमा दोहोर्‍याउने छैनौँ,’ उनले लेखेका छन्,’थुप्रिएका फोहोरहरूको व्यवस्थापन नभई अन्य विकल्पहरूमा जानु व्यावहारिक रूपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइरहेका हौँ ।’

    उनले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजनाहरू रहेका पनि उल्लेख गरेका छन् । ‘हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रन्त हुनु पर्दैन । कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ, मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।’

    बन्चरेडाँडामा अज्ञात समूहले फोहोर बोकेका गाडी र डोजरमा तोडफोड गरेपछि केही दिनयता काठमाडौंको फोहोर उठाइएको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार