Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अफगानिस्तानमा वर्षा र बाढीका कारण २१ जनाको मृत्यु, सयौँ घाइते

    अफगानिस्तानमा वर्षा र बाढीका कारण २१ जनाको मृत्यु, सयौँ घाइते

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

    लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले जनाएको छ ।



    भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो संख्यामा गाउँ र बस्ती प्रभावित भएको जनाइएको छ ।



    प्राकृतिक प्रकोपले सयौँ आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौँ हेक्टर खेत र दशौँ बगैँचाहरू प्रभावित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार