Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पर्साका किसानले कृषि सामग्रीको गोदाममा रहेको ६ ट्रक मल कब्जामा लिए

    पर्साका किसानले कृषि सामग्रीको गोदाममा रहेको ६ ट्रक मल कब्जामा लिए

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 822
    SHARES

    वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट पर्साका किसानले ६ ट्रक रासायनिक मल कब्जा गरेका छन् ।

    वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको भुटनदेवीमा रहेको गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।



    भुटनदेवीमा रहेको गोदामबाट कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् ।



    जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । तर मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले भने मेयरले नभइ किसानले नै मल नियन्त्रणमा लिएको बताए ।

    किसानले नियन्त्रणमा लिएको मल बालमन्दिर प्राङ्गणमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार