Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • फोहोर झमेला : बन्चरेडाँडामा उस्तै तनाव, अश्रुग्यास लागेर एक घाइते

    फोहोर झमेला : बन्चरेडाँडामा उस्तै तनाव, अश्रुग्यास लागेर एक घाइते

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 906
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइट मंगलबार दिनभरि तनावग्रस्त बनेको छ । विभिन्न मागसहित स्थानीयले फोहोर बोकेका गाडी अवरोध गरे भने सरकारले प्रहरी प्रशासनको सहयोगमा बलजफ्ती फोहोर विसर्जन गर्ने कदम चाल्यो ।

    स्थानीय र प्रहरीबीच दिनभर नै स्थिति तनावपूर्ण रह्यो । बाटोबाटोमा प्रहरी खटाएर फोहोर विसर्जन प्रयास गरिए पनि डाँडा, खेत, पाखामा बसेका स्थानीयले ढुंगा बोकेर अवरोध गरिरहे । प्रहरीले डाँडामा भेला भएर ढुंगा हान्ने स्थानीयलाई तितरबितर पार्दै फोहोर व्यवस्थापन गरेको छ ।



    प्रहरीले बलजफ्ती फोहोर फाल्न खोज्दा झडपको स्थिति आएको हो । झडपक्रममा प्रहरीको अश्रुग्यास लागेर एक स्थानीयवासी घाइते भएका छन् । धुनिबेंसी–१ चिलाउनेका करिब २६ वर्षीय कमल तामाङ प्रहरीको अश्रुग्यासको सेल लागेर घाइते भएका हुन् ।



    प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल आँखाको माथिल्लो भागमा लागेको छ । स्थानीयले भने अश्रुग्याँस नभएर प्रहरीले गोली चलाएको दाबी गरेका छन् । महानगरपालिकाका अनुसार मंगलबार १ सय ८६ गाडीले बन्चरेडाँडामा फोहोर विसर्जन गरेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार