Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

    कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 600
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ ।

    शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।



    आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन् । नेपाल प्रहरीको एक टुकुडीले उनको सम्मानमा सलामी अर्पण गर्नेछ ।



    प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो ।

    उनको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार