Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्रीले लिए कांग्रेसको सदस्यता

    एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्रीले लिए कांग्रेसको सदस्यता

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 774
    SHARES

    काठमाडौं । सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    मंगलबार क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्।



    अध्यक्ष क्षेत्री एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।



    सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार