Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको मिति परिवर्तन हुन सक्ने !

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको मिति परिवर्तन हुन सक्ने !

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।

    यसअघि पार्टी केन्द्रीय कार्यालयले सूचना जारी गरी सबै केन्द्रीय सदस्यहरुलाई आज दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो।



    आजको बैठकमा महाधिवेशनको समय तालिका परिवर्तन गर्ने बताइएको छ।  गत शनिबार बसेको पार्टी पदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो।



    यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।

    यस्तै, आजको बैठकमा महाधिवेशनको निर्णय अनुमोदन गुर्नका साथै अन्य समसामयिक राजनीतिक र पछिल्लो समयको कोरोना र बाढीपहिरोले पुर्याएको क्षतिका विषयमा छलफल हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार