Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बलेफी गाउँपालिकाका अध्यक्ष क्षेत्रीद्धारा एमाले परित्यागको घोषणा

    बलेफी गाउँपालिकाका अध्यक्ष क्षेत्रीद्धारा एमाले परित्यागको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर क्षेत्रीले एमाले परित्यागको घोषणा गरेका हुन् ।

    पार्टीभित्र व्यक्तिवादी र सामन्तीवादी प्रवृति मौलाउँदै गएपछि आफूले पार्टी परित्याग गरेको उनले बताएका छन् । लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए ।



    जिल्ला अध्यक्षको दाबी गरेको भएपनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।



    क्षेत्रीले सहमतिमा नै नेतृत्व चयन गर्न आफूले मार्गप्रसस्त गरेपनि कुनै छलफल नभएको भन्दै विज्ञप्तीमार्फत असन्तुष्टी पोखेका छन् । यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी विभाजनको बेलामा १० बुँदे सहमतिको आधारमा एमालेमै बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार