Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा चुनावअघि अमेरिका भ्रमणमा नजाने

    प्रधानमन्त्री देउवा चुनावअघि अमेरिका भ्रमणमा नजाने

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 825
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको छ ।

    आगामी असोज पहिलो हप्ता हुन लागेको संयुक्त राष्ट्र संघ (यूएन) को ७७औं महासभामा समेत सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले देउवाको अमेरिका भ्रमणको विगत लामो समयदेखि तयारी गरिरहेको थियो ।



    तर, परराष्ट्रले आगामी २ असोजका लागि गरिरहेको भ्रमण तयारी तत्कालका लागि रोकिएको छ । यससँगै आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनअघि देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको हो ।



    नेपाल अमेरिका दौत्य सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठको अवसर पारेर पछिल्लो समय दुई देशबीच बाक्लो भ्रमण आदान–प्रदान भइरहेको छ । सोही क्रममा प्रधानमन्त्री देउवाको गत असार अन्तिम साता नै अमेरिका भ्रमणमा जाने तयारी भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार