Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • देशभर फैलियो डेंगु, सबैभन्दा बढी बाग्मती र लुम्बिनी प्रदेशमा

    देशभर फैलियो डेंगु, सबैभन्दा बढी बाग्मती र लुम्बिनी प्रदेशमा

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 945
    SHARES

    काठमाडौं । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

    डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ ।



    महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित तीन जनाको मृत्यु भएको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयका अधिकारीले भने ‘ठोस तथ्यांक’ अझै आइनसकेको बताएका छन् ।



    हालसम्म बाग्मती, लुम्बिनी र प्रदेश १ मा डेंगु संक्रमण सबैभन्दा बढी देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयले जोखिम, अति जोखिम गरी दुई भागमा विभाजन गरेर डेंगु नियन्त्रणका लागि साताव्यापी कार्यक्रम थालेका छौं,’ ठाकुरले भने, ‘तीमध्ये सबैभन्दा बढी ललितपुर, काठमाडौं, मकवानपुर र रूपन्देही छन् ।’ राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार