Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आज आइफोन १४ सार्वजनिक हुँदै, यस्ता छन ‘फिचर्स’

    आज आइफोन १४ सार्वजनिक हुँदै, यस्ता छन ‘फिचर्स’

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । एप्पलले आज आइफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्दैछ। एप्पलको आइफोन १४ सिरिज निकै प्रतिक्षित संस्करण हो।

    कम्पनीले अमेरिकास्थित आफ्नो कर्पोरेट मुख्यालय एप्पल पार्क क्याम्पसबाट ‘फार आउट’ नामक इभेन्टमार्फत आइफोन १४ सार्वजनिक गर्ने तालिका बनाएको छ।



    नेपाली समयअनुसार आज राति १० बजेर ४५ मिनेटबाट एप्पल इभेन्ट सुरू हुनेछ। उक्त इभेन्ट एप्पलको आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिन्छ।



    कार्यक्रममा कम्पनीले आइफोन १४ सँगै आइफोन १४ म्याक्स, आइफोन १४ प्रो, आइफोन १४ प्रो म्याक्स, एप्पल वाच सिरिज ८, एप्पल वाच प्रो र एयरपड्स प्रो २ पनि सार्वजनिक गर्ने अपेक्षा राखिएको छ।

    गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्याउनुअधि नै आइफोन १४ का विषयमा विभिन्न खाले चर्चा बजारमा चल्न थालिसकेका थिए ।

    आइफोन १४ मा चारवटै छेउको भाग समतल हुनुका साथै भोल्यूम र म्युट बटन गोलाकार हुनसक्ने बताइएको छ । समतल साइडको भाग टाइटानियमबाट बनेको हुनेछ ।

    आइफोन १४ मा पछाडिको हिस्सा काँचको हुनेछ । पछाडिको भागमा क्यामराको लागि उठेको भाग हुनेछैन र पूर्णतः समतल हुनेछ । फोनमा इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि रहनसक्ने बताइएको छ ।

    आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स पञ्च होल डिस्प्ले रहनेछ । आइफोन १४ प्रो मा प्रयोगकर्ताहरुले ६।०६ इन्धको डिस्प्ले हुनेछ भने आइफोन १४ प्रो म्याक्समा ६।७ इन्चको डिस्प्ले रहनेछ ।

    यो स्मार्टफोनमा १२० हर्जको रिफ्रेस रेटसहितको डिस्प्ले हुनेछ । आइफोन १४ मोडेलमा लाइटनिङ पोर्टको सट्टामा युएसबी टाइप सी पोर्ट राखिनेछ ।

    सार्वजनिक हुने फोनमा अहिलेसम्मकै उत्कृष्ट सेल्फी क्यामरा हुनेछ । प्रयोगकर्तालाई भिडियो बताउन र सेल्फी लिनका लागि उच्च रिजोलुसनयुक्त ४८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ । यसमा रहेको १२ मेगापिक्सेलको प्राइमरी लेन्सलाई बढाएर ४८ मेगापिक्सेल बनाउन सकिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार