Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • रुसी नियन्त्रणमा रहेका खार्किभका धेरै बस्ती फिर्ता गरेको युक्रेनको दाबी

    रुसी नियन्त्रणमा रहेका खार्किभका धेरै बस्ती फिर्ता गरेको युक्रेनको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले रुसी सेनाले नियन्त्रणमा लिएका देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरू फिर्ता गरेको दाबी गरेका छन् ।

    पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि अर्को सफलता प्रदर्शन गरेको पर्यवेक्षकहरूले जनाएका छन् ।



    युक्रेनले गत हप्तादेखि देशको दक्षिणी भागमा प्रतिआक्रमण गरिरहेको छ, जहाँ उसले धेरै गाउँहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।



    २४ फेब्रुअरीमा युद्ध भएपछि रुसी सेनाले खार्किभ क्षेत्रलाई आंशिकरूपमा कब्जा गरेको छ ।

    युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ ।

    यद्यपी युद्धका कारण युक्रेनको आर्थिक अबस्था नाजुक हुँदै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार